Banner news

सरोज शर्मा हत्याको अनुसन्धान गर्ने केसी ‘पुलिस अफ द मन्थ घोषित’

सरोज शर्मा हत्याको अनुसन्धान गर्ने केसी ‘पुलिस अफ द मन्थ घोषित’


बिर्तामोड । इलाका प्रहरी कार्यालय झिलझिलेमा कार्यरत प्रहरी निरीक्षक सुभास केसीलाई कात्तिक महिनाको पुलिस अफ द मन्थ घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले केसीलाई पुलिस अफ द मन्थ घोषणा गरेको हो ।

झापाको शिवसताक्षी नगरपालिका– १० माइधारका सरोज शर्माको अपहरणपछि हत्या गरेर शव गाडेको घटना अनुसन्धान गर्ने प्रहरी केसी पुरस्कृत भएका हुन् । प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट काम गर्ने प्रहरीलाई हरेक महिना यो पुरस्कार प्रदान गर्दै आएको छ ।

गत ९ कात्तिकमा झापा अर्जुनधारा नगरपालिका– ४ मा रहेको दहिझोडा सामुदायिक वनमा ३३ वर्षीय सरोज शर्माको हत्या भएको थियो । हत्यामा संलग्नहरुले उनकै गाडीमा राखेर हुलाकी राजमार्ग अन्तर्गत विरिङ खोलामा रहेको पुलमूनि लगेर शव गाडेका थिए । मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वनभित्र शर्माको प्रदेश ०१–०३ च ७१९४ नम्बरको उनको कार जलेको अवस्थामा भेटिएको थियो ।

उनको अपहरणपछि हत्या आरोपमा उनकै साथी सुनिल साह र राहुल साह पक्राउ परेका थिए । दसैंमा घर आएका शर्मासँग भएको पैसा लुट्ने बाहानामा उनीहरूले हत्या गरेको अनुसन्धानपछि खुलेको थियो ।

उक्त घटनालाई लिएर पीडित र स्थानीय ब्यक्तिहरुले प्रतिवादीहरुको घर तथा सम्पतिमा तोडफोड तथा आगजनी गर्ने प्रयास गर्दा समेतआफ्नो कमाण्डमा टोली परिचालन गरी अक्रोसित भिडलाई नियन्त्रण गरी घटना घट्न नदिई धनजनको क्षतिबाट बचाउनुका साथै पीडित तथा प्रतिवादी दुबैका परिवार समेतलाई सकुशल उद्दार गरी समाजमा शान्ति सुरक्षा कायम राख्न अहम् भुमिका निर्वाह गरेको आधारमा प्रहरी निरीक्षक केसीबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल कार्तिक “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको हो ।

शेयर गर्नुहोस :

324
Shares