बिर्तामोड । जेनजी आन्दोलनको क्रममा जिल्ला कारागार कार्यालय चितवनबाट फरार भएका थुनुवा आशिष सुब्बा झापाबाट पक्राउ परेका छन् ।
सालकको अखेटोपहार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका झापा शिवसताक्षी नगरपालिका–८ निवासी २९ वर्षीय सुब्बा भदौ २४ गते कारागारबाट फरार भएका थिए । फरार रहेका उनलाई आज साँझ ५ः३० बजे आफ्नै घरमा लुकेर बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
इप्रका झिलझिलेबाट खटिएको प्रहरी टोलीले सुब्बालाई पक्राउ गरी हाल इप्रका झिलझिलेमै राखिएको तथा उनलाई आवश्यक कानुनी प्रक्रिया अनुसार सम्बन्धित कारागारमा बुझाइने झापा प्रहरीले जनाएको छ ।







प्रतिक्रिया