मुख्य समाचार

झुम्का कारागारबाट फरार दुई कैदी काँकरभिट्टामा पक्राउ

झुम्का कारागारबाट फरार दुई कैदी काँकरभिट्टामा पक्राउ


बिर्तामोड । झुम्का कारागारबाट फरार दुई जना कैदी झापामा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

जेनेजी आन्दोलनका क्रममा झुम्का कारागार सुनसरीबाट फरार भएका ५२ वर्षीय मदन पोखरेल र ५८ वर्षीय उत्तम ठकुरीलाई मेचीनगर–६ स्थित उनीहरूको घर क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा आज बिहान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

मदन पोखरेल राजस्व छली मुद्दामा कैद सजाय काटिरहेका थिए भने उत्तम ठकुरी पनि सोही समयमा कैद भुक्तान गरिरहेका थिए । प्रहरीका अनुसार पक्राउ परेका दुबै जनालाई आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित कारागारमा बुझाइनेछ ।

शेयर गर्नुहोस :

81
Shares