मुख्य समाचार

एमालेले सर्वोच्चमा पेश गरेको रिट दर्ता, तोकियो पेशी

एमालेले सर्वोच्चमा पेश गरेको रिट दर्ता, तोकियो पेशी


काठमाडौँ। प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ । एमालेका नेताद्वय महेश बर्तौला र सुनिता बरालले हिजो (मंगलबार) सर्वोच्चमा रिट निवेदन पेश गरेका थिए ।

उक्त निवेदन दर्ता भएको सर्वोच्च प्रशासनले जनाएको छ । त्यस्तै, यही मंसिर १७ गतेका लागि पेशी तोकिएको पनि जानकारी गराइएको छ ।

२३ र २४ भदौमा भएको जेन जेड आन्दोलनपछि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सरकार छाड्न बाध्य भएका थिए । उनको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारीको सिफारिसमा सुशीला कार्कीलाई २७ भदौमा अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए ।

कार्कीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेका हुन् । त्यसयता एमालेले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक बताउँदै आएको छ ।

शेयर गर्नुहोस :

297
Shares