काठमाडौँ। विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरमा ३५ जोडीको सामूहिक विवाह भइरहेको छ।
जनकपुरधाम उपमहानगरपालिका-१३ स्थित मनिमण्डपमा विश्व हिन्दु परिषद्को आयोजनामा प्रत्येक वर्ष पनि सामूहिक विवाह हुन लागेको हो । साँझ एकै मञ्चमा ३५ जोडीको स्वयम्वर सम्पन्न भएको छ ।
उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष जितबहादुर राउतका अनुसार विवाहको सम्पूर्ण खर्च विश्व हिन्दु परिषद्ले र स्थानीयलेले बेहोर्ने गरी सामूहिक विवाह आयोजन गरिएको हो। प्रत्येक जोडीको विवाह विधको लागि बेग्लै मरवा समेत तयार गरिएको छ।
सबै जोडीको विवाहको खर्च लत्ता कपडा कोसेली परिषद्ले व्यवस्थापन गरेको छ। एक जोडीको १०० जनाको खाना समेत व्यवस्थापन गरिएको छ।







प्रतिक्रिया