बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–२ चैतुवारीस्थित दुर्गा स्टिल प्रा.लि.का कामदार बस्ने घरमा आज साँझ ग्यास लिकेज भई आगलागी भएको छ । साँझ साढे ६ बजे भुइँतलाको किचेन कोठाबाट ग्यास चुहावट भएपछि अचानक आगो लागेको थियो ।
आगो लागेपछि स्थानीय बासिन्दाहरूको सहयोगमा करिब ७ बजेपछि आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीबाट किचेन कोठा तथा सोसँगै जोडिएको सुत्ने कोठा जलेर पूर्णरूपमा नष्ट भएको छ । साथै कामदारहरूको नगद १ लाख ५० हजार रुपैयाँ, लत्ताकपडा र ३ थान मोबाइल फोन जलेर नष्ट भएका छन् । प्रहरीले प्रारम्भिक रूपमा आगलागीबाट करिब ६ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Photo : Google







प्रतिक्रिया