मुख्य समाचार

पूर्वीनाकाबाट कफीको आयात बढ्यो

पूर्वीनाकाबाट कफीको आयात बढ्यो


बिर्तामोड । पूर्वीनाका काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२-८३ को प्रथम चौमासिक अवधिमा रु १२ करोड पाँच लाख १० हजार मूल्य बराबरको कफी आयात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार साउनदेखि कात्तिकसम्मको सो अवधिमा ८९ हजार ६२९ किलोग्राम कफी आयात भएको छ ।

गत आव २०८१-८२ को सोही अवधिको तुलनामा यस वर्ष कफीको आयात १५ प्रतिशतले वृद्धि भएको उहाँले जानकारी दिनुभयो । गत आव २०८१-८२ को साउनदेखि कात्तिकसम्मको चार महिनामा रु १० करोड ४७ लाख ३३ हजार मूल्यबराबरको ९५ हजार ५८९ किलोग्राम कफी आयात भएको भन्सारले जनाएको छ ।

शेयर गर्नुहोस :

27
Shares