बिर्तामोड । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि झापाको पाँच निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेको छ । विहान ९ बजेबाट निर्वाचन सुरु भएको हो ।
निर्वाचन प्रक्रियाबाट छनौट भएका प्रतिनिधिहरुले मात्रै महाधिवेशनमा मतदान गर्न पाउने छन् ।
झापाबाट राष्ट्रिय महाधिवेशनमा खुल्लाबाट १९ जना, महिला १२, युवा ५ र दलित २ जना प्रतिनिधि सहभागी हुने छन् । दलित प्रतिनिधिबाहेक ३६ जनाका लागि निर्वाचन भइरहेको छ । दलित प्रतिनिधि सर्वसम्मत गरिने जनाइएको छ ।
महाधिवेशन प्रतिनिधिका लागि ९५ जना उम्मेदवार प्रतिष्पर्धा गरिरहेका छन् । उनीहरुलाई १८ हजार ३ सय ३४ जना मतदाताले मतदान गर्नेछन् । जिल्लामा प्रतिनिधि छनौटको निर्वाचन उत्साहजनक भइरहेको पार्टीका झापा सचिव तुलसी कार्कीले जानकारी दिए ।







प्रतिक्रिया