मुख्य समाचार

समानुपातिकको बन्दसूची बुझाउने आज अन्तिम दिन

समानुपातिकको बन्दसूची बुझाउने आज अन्तिम दिन


काठमाडौं । आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन रहेको छ ।

निर्वाचन कार्यक्रमअन्तर्गत आइतबारदेखि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने दिन तोकिएको थियो ।

निर्वाचन आयोगले पुस १३ र १४ गते सो कार्यक्रमको मिति तोकेका कारण आज कार्यालय समयभित्र दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसक्नुपर्नेछ । केही दलहरूले आइतबार नै बन्दसूची पेस गरिसकेका छन्, भने केही दलहरू बन्दसूची टुंग्याउन आन्तरिक गृहकार्यमै छन् ।

शेयर गर्नुहोस :

81
Shares