Banner news

निर्वाचन आयोगमा निर्वाचनविरुद्ध नाराबाजी

निर्वाचन आयोगमा निर्वाचनविरुद्ध नाराबाजी


काठमाडौं । निर्वाचन आयोगमा निर्वाचनविरुद्ध जेनजी युवाले नाराबाजी गरेका छन् । उनीहरुलाई प्रहरीले कार्यालय बारिह निकालेको छ ।

जेनजीको माग पूरा गर्न माग गर्दै युवाहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत माग गरेका छन् ।

उनीहरुले निर्वाचन धोका हो भन्दै नाराबाजी गरिरहेका छन् । निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
निर्वाचन आयोगमा समानुपातिक तर्फ बन्द सूची पेश गर्ने काम भइरहेको छ । हालसम्म ४७ वटा राजनीतिक दलले बन्द सूची पेश गरेका छन् ।

शेयर गर्नुहोस :

81
Shares