मुख्य समाचार

नाबालिगमाथि जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

नाबालिगमाथि जबरजस्ती करणी आरोपमा एक जना पक्राउ


बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित सुर्योदय होटलमा नाबालिगमाथि जबरजस्ती करणी भएको आरोपमा एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत मंसिर २७ गते दिउँसो करिब १२ः३० बजे अर्जुनधारा ९ बस्ने वर्ष २३ का कृष्ण बुढाथोकीले १६ वर्षीया नाबालिगलाई ललाई–फकाई होटलमा लगेर जबरजस्ती करणी गरेको भनी पीडितका आफन्तले इलाका प्रहरी कार्यालय बिर्तामोडमा सूचना दिएका थिए ।

सूचनापछि मंगलवार अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अभियुक्त कृष्ण बुढाथोकीलाई नियन्त्रणमा लिएको हो । उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।

प्रहरीले जिल्ला अदालत झापाबाट आज पहिलो पटकका लागि ६ दिनको म्याद लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

शेयर गर्नुहोस :

297
Shares