बैशाख १२, २०८१ बुधबार

गाई काट्नेलाई पक्राउ गर्दा झापामा प्रहरीमाथि आक्रमण, घटनास्थल तनावग्रस्त

एसएलआरबाट १० राउण्ड हवाई फायर

बिर्तामोड । झापा गाउँपालिका–३ मा आज दिउँसो गाई काट्नेलाई पक्राउ गर्दा प्रहरी माथि आक्रमण भएको छ । प्रहरी माथि आक्रमण गरेपछि सुरक्षाका लागि शसस्त्र प्रहरीले एसएलआरबाट १० राउण्ड हवाई फायर गरेको थियो ।

दिउँसो १२ बजे गाई काटेको सूचना पाएपछि नेपाल प्रहरी कामाटोली नजिकैको धामटोली पुगेको थियो । गाई काट्नेलाई पक्राउ गरेर बिर्तामोड ल्याउने क्रममा प्रहरीमाथि सो क्षेत्रका मुस्लिम समुदाय सयौं युवाले प्रहरीमाथि आक्रमण गरेको स्थानीयले जानकारी दिए । आक्रमणबाट नेपाल प्रहरीका निरिक्षक र शसस्त्र प्रहरीका एक जना जवान घाइते भएका छन् । आक्रमणकारीले सुरक्षाकर्मी गाडिमा समेत तोडफोड गरेका थिए ।

गाई काट्ने मुस्लिम समुदायका युवाले प्रहरीमाथि गोली चलाएको सूचना प्राप्त भएको छ । प्राप्त सूचना अनुसार गाई काट्नेको पक्षमा लागि प्रहरीमाथि आक्रमण गर्नेलाई पनि गोली लागेको छ ।

प्रकाशित मिति : भाद्र १०, २०७७ बुधबार  ७ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]