बैशाख ७, २०८१ शुक्रबार

गौहत्या प्रकरणले तनाव बढ्यो, कामाटोलीमा मुस्लिम युवाद्वारा टायर बालेर प्रदर्शन

बिर्तामोड । झापा गाउँपालिका –३ कामाटोलीमा अहिले टायर बालेर मुस्लिम समुदायका युवाले प्रदर्शन गरिरहेका छन् । थप क्षति हुन नदिन नेपाल प्रहरी र शसस्त्र प्रहरी सुरक्षार्थ खटिएका छन् । उनीहरुको बिच भागमा प्रदर्शन भइरहेको छ ।

आज दिउँसो गाई काटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर विर्तामोड ल्याउदै गर्दा विवाद भएको थियो । गाई काट्ने मुस्लिम समुदायले प्रहरीमाथि आक्रमण प्रयास गरेपछि प्रहरीले १० राउण्ड हवाई फायर गरेको थियो । प्रहरीको गोली लागेर एक जनाको मृत्यू भएको छ । गोली लागेर एक जनाको मृत्यू भएको भन्दै त्यसको विरोधमा प्रदर्शन भइरहेको स्थानीय युवाले जानकारी दिए । आक्रमणकारीले दुई जना प्रहरीलाई घाइते बनाएका छन्, भने प्रहरीको गाडीमा समेत तोडफोड गरेका छन् ।

प्रकाशित मिति : भाद्र १०, २०७७ बुधबार  ९ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]