बैशाख ११, २०८१ मंगलबार

जोगियो बिर्तामोडमा एक करोडको २९ कठ्ठा जग्गा

बिर्तामोड । नेकपाका नेता खगेन्द्र पराजुलीले जग्गा खरिदका लागि दिएको बैना वापतको ९ लाख रुपैयाँ फिर्ता लिएका छन् । जग्गा खरिदका लागि दिएको बैना बुधबार फिर्ता दिएको जग्गा धनी गिरी दासले जानकारी दिए ।

बिर्तामोड–१० मा दास परिवारको २९ कठ्ठा १६ धुर जग्गा खरिद गर्न पराजुलीले बैना गरेका थिए ।

लगभग करोड पर्ने जग्गा खरिद प्रक्रियामा किर्ते कागजात गरेको फेला परेपछि जग्गा धनी र खरिदकर्ता बिच विवाद शुरु भएको थियो । कागजात किर्ते गरेर सो जग्गा हत्याउन गरिएको योजना बारे इजलासले समाचार प्रकाशन गरेपछि घटना बाहिर आएको थियो ।

खगेन्द्र पराजुली

पराजुलीले ९ लाख बैना दिएर २० लाख दिएको कागजात बनाएको फेला परेपछि गिरी दासले स्थानीयलाई गुहारेका थिए । स्थानीयले गिरी दाससहित परिवारको जग्गा हडप्न किर्ते भएको थाहा पाएपछि वडा कार्यालयमा उजुरी दिएका थिए । वडाले बिर्तामोड नगरपालिकालाई जग्गा रोक्का गर्न मालपोतलाई पत्रचार गरेको थियो । घटना बाहिर आए लगत्तै बिर्तामोड नगरपालिकामा दुवै पक्षबिच छलफल समेत भएको थियो । सो छलफलमा गिरी दास लगायतले आफुहरुलाई ठगि गर्न खोजेको आरोप लगाएका थिए ।

बुधबार गिरी दास र पराजुली पक्ष बिच जग्गा विवाद समाधानका लागि भेट भएको उनका छोरा पहलमानले जानकारी दिएका छन् । दासका अनुसार ३ लाख ४० हजार प्रति कठ्ठाका दरले स्थानीय स्मृति दाहाललाई बिक्रिका लागि बैना लिएर पराजुलीलाई फिर्ता गरिएको छ । शुरुमा जग्गा खरिद गर्न तयार भएका पराजुलीले ३ लाख ४० हजार प्रति कठ्ठा जग्गाको मुल्य पर्ने भएपछि बैना नै फिर्ता लिएका छन् । यसअघि विभिन्न खाले कागज बनाएर दास परिवारलाई गुम्राहमा पारिएको थियो । पहिलो कागजमा जग्गाको प्रति कठ्ठा खुलाइएको थिएन । सोहि जग्गा खरिदका लागि ४÷५ वटा फरक–फरक विवरण लेखिएको कागज अझै सुरक्षित छ । शुरुमा जग्गा लिन ९ लाख बैना गरेका पराजुलीले अहिले आएर बैना नै फिर्ता लिएका छन् ।

यस्तो थियो किर्ते

जग्गा खरिद गर्ने पराजुलीले ९ लाख रुपैयाँ बैना वापत रकम दिएको यसअघि इजलाससित स्वीकार गरिसकेका छन् । बैना ९ लाख दिएको बताए पनि २० लाख वैना दिएको कागजमा लेखिएको थियो । वैना वापत दिएको ९ लाख मध्येबाट पनि ८० हजार उनीहरुले नै प्रक्रिया अघि बढाउन खर्च मागेको गिरी दासले जानकारी दिए । सो कागजमा जग्गाको तिर्न बाँकी रकम २५ लाख देखाइएको थियो ।

तीन लाख ४० हजार प्रति कठ्ठाका दरले जग्गाको मुल्य ९९ लाख १४ हजार ४ सय हुन्छ । तर, कागजमा प्रतिकठ्ठा समेत नखुलाई एक मुष्ठ जग्गाको मुल्य ४५ लाख लेखिएको थियो । जग्गा किनबेचका लागि बनाइएको अर्को कागजात पनि त्यसैबेला फेला परेको थियो । अर्को कागजमा ४५ लाख जग्गाको मुल्य देखाएर गिरी दासका छोरा पहलमानलाई ९ लाख रुपैयाँ बैना वापत रकम दिएको खुलाइएको थियो । सोहि कागजमा जग्गाधनीहरुलाई सामुहिक रकम १३ लाख रुपैयाँ पनि दिएको उल्लेख गरिएको थियो । जग्गाधनीहरुले बैना वापतको ९ लाखभन्दा बढी रकम लिएका थिएनन् ।

प्रिन्ट गरिएको कागजातको पछाडिको भागमा हस्त लिखित भएको कागज पनि फेला परेको थियो । त्यहाँ लेखिएको छ, माथि उल्लेखित ४५ लाख घटाई ५३ लाख ६० हजार बाँकी रहि सोहि रकम दिई जग्गा पास गर्न राजी खुशी छौं । साक्षीमा सञ्जय दासलाई राखिएको थियो ।

बुधबार साँझ घर इलाम फर्किएका गिरी दासले इजलाससित भने, ‘जग्गाको विवाद सकिएको छ ।’ गिरी दास भन्छन्, – जग्गा किन्नेले शुरुमा मलाई गद्दारी गरेर फसाउन खोजे, अहिले उनीहरु नै पछुताए । जग्गा खरिद गर्ने मुख्य व्यक्ति पराजुलीले जग्गा खोजीका लागि बाह्रदशीमा भेषराज थपलियाको सहयोग लिएका थिए । उनले आफुलाई थपलियाले फसाएको बताउँदै आएका छन् । तर, थपलियाले फसाएको कागजमा कतै पनि भेटिदैन ।

र यो पनि पढ्नुहोस् : किर्ते कागज बनाएर बिर्तामोडको २८ कठ्ठा जग्गा हत्याउन नेकपा झापाका जिल्ला सदस्यको कर्तुत सार्वजनिक

र यो पनि पढ्नुहोस् : झापाका नेकपा नेता संलग्न जग्गा काण्ड ढिसमिस भएकै हो ?

र यो पनि पढ्नुहोस् : जग्गा प्रकरणमा नेकपाले अब के गर्छ ?

र यो पनि पढ्नुहोस् : नेकपाको धारणा खोई ?

प्रकाशित मिति : मंसिर १८, २०७७ बिहीबार  ९ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]