बैशाख २२, २०८१ शनिबार

जग्गा प्रकरणमा नेकपाले अब के गर्छ ?

सम्पादकीय

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले देशको ठुलो पार्टी हो । ठुलो पार्टीभित्र सबै खाले नेता कार्यकर्ताको पङ्ती छ । केन्द्रदेखि जिल्ला तहसम्म पार्टीभित्र फरक आचरण र प्रवृत्ति पाइन्छ । कोहि देश बनाउन जुर्मुराएका छन् त कोहि आफैलाई बनाउन दत्तचित्त भएर लागिपरेका छन् । पार्टीलाई सेवाको बदला व्यापार सम्झिनेहरुको भीडले सबै दललाई दुषित बनाइरहेको छ । कुनै पनि पार्टीमा निरन्तर झोला बोकेर हिड्नेहरु पदका हिसावले पनि मुन्तिर नै छन् । तर, व्यापार सम्झिनेहरु अप्राकृतिक ढंगले फड्को मारिरहेका छन् । यस्ता, समस्या सबै पार्टी भित्र छ । तर, सुधार गर्न कुनै पनि पार्टी संगठन सफल बन्न सकिरहेका छैनन् ।

नागरिकको तहबाट प्रायः सबै दलले आलोचना सहनुपर्छ । नागरिकले चाहेको सामान्य आवश्यकता समेत पुरा हुन नसक्दा ति आवाजहरु विद्रोह ढंगले प्रस्तुत हुने गर्छन् । तर, नेताहरु आआफ्नै धन्दामा व्यस्त छन् । हालै झापामा सार्वजनिक भएको एउटा जग्गा सम्बन्धि घटनाले नेकपाभित्र हुर्कदै गरेको प्रवृत्तिलाई प्रष्ट्याउने काम गरेको छ । नेकपा अहिलेको सबैभन्दा धेरै आलोचित पार्टी हो । किनभने, नेकपा अहिले सरकारमा छ । तर, यही पार्टीभित्र अनेकौ नेता कार्यकताको स्वार्थ राजनीतिले पार्टीलाई भित्तामै पुर्याउन खोज्दैछ ।

नेकपा झापाका जिल्ला कमिटी सदस्य खगेन्द्र पराजुलीले बिर्तामोड–१० मा २८ कठ्ठा जग्गा हत्याउन खोजेको घटना सार्वजनिक भएको छ । किर्ते कागज बनाएर उनले करिव १ करोडको जग्गा हत्याउन खोजेको देखिन्छ । एकै परिवारसँग खरिद गर्न खोजेको जग्गामा ४÷५ प्रकारका कागज बनाएर प्रौढ परिवारलाई विल्लिबाठ बनाउन नेकपाका नेताको सक्रियताले पार्टीकै बद्नाम गरेको छ । ९ लाख बैना गरेर ४५ लाख दिएको सम्म कागज फेला परेको छ । जनताले पत्याएको पार्टीभित्र यस्ता नेताहरु हुर्किए भने पार्टीलाई क्षति पुग्छ । नेकपामा मात्र होइन, कुनै पनि पार्टीमा यस्तो प्रबृति रह्यो भने पार्टीलाई जनताले सतहमा ल्याइदिने छन् । घटना सार्वजनिक भइसकेको छ । झापाको नेकपा अब बोल्छ कि बोल्दैन ? छानविन हुन्छ कि हुदैन ? कि ठुला पार्टीका नेताले जे गर्दा हुन्छ ? तत्काल छानविन होस् ।

प्रकाशित मिति : आश्विन २७, २०७७ मंगलबार  ८ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]