बैशाख १४, २०८१ शुक्रबार

पोखरेलको निधनले झापाको निर्माण व्यवसाय क्षेत्रलाई ठूलो क्षति : निर्माण व्यवसायी संघ

विर्तामोड । निर्माण व्यवसायी संघ झापाले संघका निवर्तमान अध्यक्ष दिपेन्द्र पोखरेलको निधनप्रति गहिरो शोक व्यक्त गर्दै कुशल अभिभावक गुमाएको जनाएको छ ।

संघले आज विर्तामोड–३ सैनिक मोडस्थित पोखरेल निवासमै पुगेर स्व. पोखरेलप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । उद्योगी–व्यवसायी, समाजसेवी, राजनीतिज्ञ स्व. पोखरेलको सातौं दिनको पुण्यतिथिमा संघको तर्फबाट जिल्लाका अधिकांश निर्माण व्यवसायीहरुको उपस्थितिमा श्रद्धाञ्जलि अर्पण गरिएको हो ।

संघका महासचिव ओम पौडेलले पदमा रहँदा वा नरहँदा पनि पोखरेलले निर्माण व्यवसायीहरुको हितका अभिभावकीय भूमिका निर्वाह गरेको भन्दै योगदानको चर्चा गरे ।

संघका अध्यक्ष मिलन बस्नेतले आउँदो पिढीका लागि स्व. पोखरेल उदाहरणीय निर्माण व्यवसायी भएको बताए । उनले पोखरेलको निधनले झापाको निर्माण व्यवसाय क्षेत्रलाई ठूलो क्षति पुगेको उल्लेख गरे ।

अध्यक्ष वस्नेतले परिवारजनलाई समवेदनापत्र हस्तान्तरण गरेका थिए । स्व. पोखरेलको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनट मौनधारण गरिएको थियो ।

संघले स्व. पोखरेलको सम्मानमा संघको कार्यालयमा ७ दिनसम्म संघको झण्डा आधा झुकाएको थियो ।

प्रकाशित मिति : असार १, २०७८ मंगलबार  ८ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]