बैशाख १४, २०८१ शुक्रबार

खोप केन्द्रमा चरम लापरबाही

सम्पादकीय

कमजोर व्यवस्थापनका बिच झापामा मंगलवारबाट कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । जिल्लाका १५ वटै पालिकामा ५५ वर्षदेखि माथिका नागरिकलाई खोप लगाइएको छ । कोरोना विरुद्ध भेरोसेल खोप लगाइएको छ । हरेक सरकारी स्वास्थ्य केन्द्र र विधालयहरुमा खोप केन्द्र बनाएर खोप लगाइएको छ । पहिलो दिन खोप लगाउनेहरुको भीड उत्पाद थियो । कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन खोप लगाउनेहरुले तछाडमछाड नै गरेका छन् । उनीहरुलाई जसरी पनि खोप लगाउनु पर्ने भएकाले भीडभाड र कमजोर व्यवस्थापनसँग कुनै सरोकार थिएन ।

अहिलेको समयमा कोरोना विरुद्धको खोप लगाउनु भनेको ठुलै युद्ध जिते सरह हुन्छ । त्यसैले पनि खोप लगाउन आउनेहरुलाई अर्को कुनै डर छैन । झापाका हरेक खोप केन्द्रमा मंगलवार देखिएको दृष्य जोखिमपूर्ण थियो । खोप लगाउन आउने र लगाइदिने बिचमा कुनै स्वास्थ्य मापदण्डको पालना भएको देखिएन । खोप लगाइदिन आउने स्वास्थ्यकर्मीले समेत भीडबारे सतर्कता अपनाउन भन्न सकेनन् । उनीहरुको दायित्व भए पनि खासै जवाफदेहिता पाइएन । लाग्थ्यो कि, खोप केन्द्रहरुको भीड मेलाभन्दा कम थिएन ।

स्वास्थ्य कार्यालय झापाले जिल्लाभर कोभिड विरुद्धको खोप लगाउन संयोजन गरिरहेको छ । स्वास्थ्य मन्त्रालयको निर्देशन , स्वास्थ्य कार्यालयहको संयोजन र स्थानीय तहहरुको समन्वयमा खोप कार्यक्रम सञ्चालन भएको छ । सरोकारवाला निकायले खोप लगाउन आउनेको सुरक्षा गर्न नसकेको स्पष्ट छ । यसरी नै व्यवस्थापनमा लापरबाही गर्ने हो खोप लगाउन आउनेहरु अधिकांश संक्रमित हुन सक्छन् । स्थानीय तहले आवश्यक व्यवस्थान मिलाएर खोप कार्यक्रमलाई सुरक्षित र व्यवस्थित गर्न जरुरी छ । सबै व्यवस्थापन अन्य निकायले गर्ने, पालिका चै व्यवस्थापनमा पनि कमजोर देखिने कुरा ठिक भएन । यसलाई पहिलो दिनको कमजोरी सम्झिएर बाँकी समय उचित व्यवस्थापन गरौं ।

प्रकाशित मिति : श्रावण १३, २०७८ बुधबार  ९ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]