बैशाख १६, २०८१ आईतबार

उत्साहका साथ एमाले अर्जुनधाराको घरदैलो जारी

एमालेबाट अर्जुनधारामा कुन–कुन पदमा को–को उम्मेद्वार ?

अर्जुनधारा । नेकपा एमाले अर्जुनधाराको घरदैलो कार्यक्रम उत्साहकासाथ चलिरहेको छ । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा अत्याधिक बहुमतकासाथ विजयी हुने लक्ष्य स्वरुप एमालेले र्जुनधारा नगरपालिकामा घरदैलो कार्यक्रम गरिरहेको छ । एमालेले आज अर्जुनधारा नगरपालिकाको ८ र ५ नम्बर वडामा घरदैलो गरेको हो ।

घरदैलोमा मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङ र उपमेयर पदकी उम्मेद्वार खड्गमाया पराजुली, नेकपा एमालेका नगर इन्चार्ज दिपेन्द्र लम्साल, अर्जुनधारा नगरपालिकाका प्रमख हरीकुमार राना लगायतका नेताहरुको सहभगीता छ ।

८ नम्बर वडामा आज भएको घरदैलोमा एमालेबाट वडाअध्यक्ष पदका उम्मेद्वार कुमार प्रसाद उप्रेतीसहित सदस्य पदका उम्मेद्वारहरु ऋषी प्रसाद घिमिरे, मनोज कुमार रैका थापा मगर, मन्जु टुडु र सुजता रसाइली मेयर उपमेयरको उम्मेद्वारसंग घरदैलोमा सहभागी हुनुभएको छ ।

त्यस्तै ५ नम्बर वडामा भएको घरदैलो कार्यक्रममा मेयर उपमेयरको उम्मेद्वारसहित वडाअध्यक्ष पदका उम्मेद्वार डम्बर कुमार घिमिरे र सदस्य पदका उम्मेद्वारहरु लक्ष्मी प्रसाद खनाल, रोहित कुमार चौधरी, चन्द्र कुमारी तामाङ र रिता नेपाली सहभागी हुनुभएको छ ।

नेकपा एमाले अर्जुनधाराको घरदैलोमा एमाले कार्यक्रर्ता र जनताको उत्साहजनक उपस्थिति देखिएको छ । घरदैलोमा देखिएको सयौंको उपस्थितिले अर्जुनधारामा एमालेको दरिलो प्रभाव देखाएको छ । यस अघिको निर्वाचनमा एमालेले अर्जुनधारा नगरपालिकामा मेयर उपमेयरसहित बहुमत प्राप्त गरेको थियो ।

एमाले अर्जुनधाराले भोली (बिहिबार) मेयर उपमेयरको उम्मेद्वारसहित ६ र ११ नम्बर वडमा वडाका उम्मेद्वारसहित घरदैलो गर्ने जनाएको छ । यसअघि एमाले उम्मेद्वारहरुले हिजो (मंगलबार) ७ र ५ नम्बर वडामा घरदैलो गरेका थिए ।

एमालेबाट अर्जुनधारामा कुन–कुन पदमा को–को उम्मेद्वार ?

झापाको अर्जुनधारा नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका तर्फबाट बलदेव गोम्देन तामाङले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

निर्वाचन आयोगले मनोनयनका लागि तोकेको दोस्रो दिन सोमबार नेकपा एमालेका तर्फबाट नगर प्रमुख पदमा गोम्देनले उम्मेद्वारी दर्ता गराउनु भएको हो ।

त्यस्तै नेकपा एमालेको तर्फबाट नगर उपप्रमुख पदमा खड्गमाया पराजुलीको उम्मेद्वारी परेको छ ।

एमालेले अर्जुनधारा १ नम्बर वडाको वडाअध्यक्ष पदकालागि बिष्णुलाल ढकालको उम्मेद्वारी दर्ता गराएको छ । १ नम्बर वडाका सदस्यहरुमा मदन कुमार लिमेल, दिनेश कुमार घिमिरे, मुना खत्री र इन्द्र कुमारी विश्वकर्माको उम्मेद्वारी परेको छ ।

त्यस्तै २ नम्बर वडाको वडाअध्यक्ष पदमा तुलसी प्रसाद खतिवडा र सदस्यहरुमा बल बहादुर समाल, प्रेम उपरकोटी, शर्मिला सुब्बा र विमला रोक्काको उम्मेद्वारी परेको छ ।

अर्जुनधारा ३ मा वडा अध्यक्षमा हरि बहादुर वाग्ले र सदस्यहरुमा नारायण प्रसाद चापागाई, भन्द्रमाया तामाङ, सुमन कुमारी राई र सितादेवी सार्कीको उम्मेद्वारी परेको छ । त्यस्तै ४ नम्बर वडाको वडाअध्यक्ष पदमा एकदेव खनाल र सदस्यहरुमा जित बहादुर लिम्बु, अमृत बहादुर बुढाथोकी, राधिका जवेगु र अस्मिता सार्कीको उम्मेदुवारी परेको छ ।

वडा नम्बर ५ मा डम्बर कुमार घिमिरेको वडाअध्यक्ष पदमा र सदस्यहरुमा लक्ष्मी प्रसाद खनाल, रोहित कुमार चौधरी, चन्द्र कुमारी तामाङ र रिता नेपालीको उम्मेद्वारी दर्ता भएको छ ।

६ नम्बर वडाको अध्यक्ष पदमा दिवाकरलाल चौधरी र सदस्यहरुमा टुंमानाथ काफ्ले, भिम राई, रमा निरौला र कल्पना विश्कर्माको उम्मेद्वारी दर्ता भएको छ । ७ नम्बर वडामा गोविन्द प्रसाद भट्टराईको वडाअध्यक्ष पदमा उम्मेद्वारी परेको छ भने सदस्यहरुमा गोबिन्द प्रसाद खतिवडा, हरी बहादुर कटुवाल, देव कुमार राई, पार्वता देवि न्यौपाने र जानुका विश्कर्माको उम्मेद्वारी दर्ता भएको छ ।

८ नम्बर वडाको वडाअध्यक्ष पदमा कुमार प्रसाद उप्रेतीको उम्मेद्वारी परेको छ भने सदस्यहरुमा ऋषी प्रसाद घिमिरे, मनोज कुमार रैका थापा मगर, मन्जु टुडु र सुजता रसाइलीको उम्मेद्वारी दर्ता भएको छ।

९ नम्बर वडाको वडाअध्यक्ष पदमा नरेन्द्र बहादुर राईको उम्मेद्वारी परेको छ भने सदस्यहरुमा बुद्धिमान लिम्बु, अम्बर बहादुर थापा, गौरीमाया चिमरिया नेपाल र खड्गमाया पौडेल वि.क.को उम्मेद्वारी परेको छ ।

वडा नम्बर १० को वडाअध्यक्ष पदमा भुपेन्द्र न्यौपाने र सदस्यहरुमा रुपेश लिम्बु, डम्बर हादुर धौराली, तुलसा बिष्ट महतारा र सिता परियारको उम्मेद्वारी परेको छ ।

११ नम्बर वडाको वडाअध्यक्ष पदमा खगेन्द्र इङ्नामको उम्मेद्वारी परेको छ । सदस्यहरुमा एमालेका तर्फबाट पूर्ण बहादुर राई, केशव अधिकारी, शुसिला गिरी र सिता कडेल दर्जीको उम्मेद्वारी परेको छ। प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यसहित एमालेले अर्जुनधारा नगरपालिकामा सबै ५७ वटा पदमा उम्मेद्वारी दर्ता गराएको हो ।

प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार  ६ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]