बैशाख २८, २०८१ शुक्रबार

गठबन्धनभित्रै शंकैशंका

बिर्तामोड । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पछिल्लो चुनावी सभाहरुमा पूर्वाग्रही अभिव्यक्ति दिइरहेका छन् । केहि वर्षअघि सम्मको उनको भाषण सबै पार्टी समर्थकहरु सुन्नलाई आतुर हुने गर्थे । तर, पछिल्ला अभिव्यक्तिले शर्मामा बडो अहंकार देखिन थालेको सर्वसाधरण नागरिकको बुझाई छ ।

विचार, उत्साहसहित मिठो भाषण गर्ने शर्माले स्थानीय निर्वाचन केन्द्रीत सभाहरुलाई कमजोर र आवेशपूर्ण भाषणबाट समय कटाइरहेका छन् । जिल्लाको राजनीतिमा क्रमशः कमजोर हुँदै गएका शर्मा अभिव्यक्तिमा समेत विगत जस्तो बलियो छैनन् ।

??????

बिर्तामोडमा मंगलवार आयोजित गठबन्धनको सभामा उनले सबै समय पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गालीगलौज गरेरै सके । गठबन्धनको जीतका आधारका बारेमा एक शब्द समेत नबोलेका उनी ओलीमाथि खनिए ।

झापाको कांग्रेस राजनीतिमा कृष्ण सिटौलाको चेपुवामा परेका शर्माले आफ्नो विगतको ‘हाइट’ भुल्दै कमजोर राजनीतितिर प्रस्थान भइरहेको अनुभूति दिलाए । उनले गठबन्धनलाई चामल र पानीसँग तुलना गरे । भात पकाउन चामल र पानीको तालमेल हुन्छ भन्दै उनले भने – कांग्रेस र माओवादीको त्यस्तै तालमेल हो । उनले सभामा सहभागी कांग्रेस र माओवादीका कार्यकर्तालाई कसरी मत दिने भन्न समेत भन्न भ्याएनन् । बरु, मतदान शिक्षा नदिएका कारण गठबन्धनको लाखौं मत बदर हुने शंका व्यक्त गरे । कार्यक्रम सम्पन्न हुनासाथ मतदान शिक्षामा केन्द्रीत हुन अपील गरेका थिए ।

बिर्तामोडको सभामा कमजोर अभिव्यक्ति दिएका शर्माले कांग्रेस र माओवादीबिचमा अझै विश्वास हुन नसकेको हो भन्ने आसयमा भनाई राखे । उनले कांग्रेस कार्यकर्तालाई हसिया हतौडामा कसरी मत दिने भन्ने पीर होला भन्दै त्यस्तै पीर माओवादीमा हुन सक्ने आशंका व्यक्त गरे । दुवै पार्टीका कार्यकर्तालाई उनले एक दिन तालमेल हुन कठिनाई नहुने भन्दै गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे । शर्माले भने – जिन्दगीमा धेरै कुरा तालमेल भएको छ भने, बैशाख ३० गते एकदिन तालमेल गर्न के गाह्रो हुन्छ र ?

गठबन्धनका हरेक सभामा ओली विरोधी भाषण गरेर ताली खाइरहेका शर्माले गठबन्धनका उम्मेद्वार साझा भएको बताएका थिए ।

प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार  ७ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]