चैत्र १६, २०८० शुक्रबार

Breaking News बिर्तामोडमा व्यापारी अपहरण गर्ने मुख्य योजनाकार मेराजसहित चारै जना कारागार चलान

विर्तामोड । व्यवसायीलाई अपहरण गरी ४० लाख फिरौती माग गरेको घटनामा संलग्न ४ जनालाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ । झापा जिल्ला अदालतले आज थप अनुसन्धानका लागि कारागार चलान गरेको हो ।

अपहरणमा संलग्न अभियुक्त बिर्तामोड–४ मा मोटर साइकलको रिकण्डिशन सञ्चालन गर्ने २९ वर्षीय मेराज खान, इलाम फाकफोकथुम – १ घर भई हाल विर्तामोड–२ चारपाने बस्ने रितु फियाक, दार्जिलिङको खोरीबारी ठेगाना बताउने २७ वर्षीय सञ्जु क्षेत्री भन्ने सुजन शंकर र बिर्तामोड–४ का २५ वर्षीय प्रकास दासलाई जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो ।

उनीहरुले बिर्तामोडका एक व्यवसायीलाई युवतीको प्रयोग गरी अपहरण गरेका थिए । अपहरण गरी नाङ्गो भिडियो बनाएर ४० लाख फिरौती मागेका थिए । गत असार १ गते अपहरण गरेका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीले ३ गते पक्राउ गरेको थियो ।

र, यो पनि पढ्नुहोस : फ्लाट भाडामा लिई बिर्तामोडमा व्यापारीको अपहरण, ४० लाख फिरौती माग्ने ४ जना पक्राउ

र, यो पनि पढ्नुहोस : को हुन् विर्तामाेडका व्यापारी अपहरणको मुख्य योजनाकार मेराज खान ?

र, यो पनि पढ्नुहोस : बिर्तामोडमा व्यवसायी अपहरण गर्ने गिरोहलाई थपियो संगठित अपराध मुद्दा

प्रकाशित मिति : आश्विन १०, २०७६ शुक्रबार  ३ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]