बैशाख १४, २०८१ शुक्रबार

सम्पादकीय : कुकुरको व्यवस्थापन गरौं

हार्ट नेपालको प्राविधिक सहयोगमा झापामा कुकुरको बन्ध्याकरण चलिरहेको छ । कुकुरको व्यवस्थापनका लागि यो अभियान निरन्तर चलिरहेको छ । कुकुर आवश्यक प्राणी हो । तर, यसको संरक्षण छैन । सम्पन्न परिवारले उन्नत जातको कुकुर पालिरहेका छन् । स्थानीय जातको कुकुर पाल्न कसैले चासो दिएको छैन । स्थानीय जातका कुकुर प्रायः छाडा छन् । यस्ता कुकुरलाई सामुदायिक कुकुर भनिन्छ । चल्तीमा भुसिया कुकुर भनिन्छ । तर, भुसिया कुकुर भन्न पाइदैन । सडकभरी कुकुर भेटिन्छन् । यसको व्यवस्थापनमा सरोकारवालाले चासो दिएको पाइदैन । कुकुरको व्यवस्थापन नगर्दा मानवीय स्वास्थ्उमा समेत प्रतिकुल असर पु¥याइरहेको छ ।

सडकमा रहेका सामुदायिक कुकुरका कारण दुर्घटना पनि हुने गरेको छ । यसको व्यवस्थापन भनेको संरक्षण नै हो । संरक्षणको लागि पहिलो चरणमा शहरी क्षेत्रमा सरसफाई अपरिहार्य छ । सरसफाई नभएको ठाउँमा सामुदायिक कुकुरको संख्या बढ्दो हुन्छ । कुकुरको संख्याले त्यो ठाउँको परिचय दिन्छ । विर्तामोडमा सामुदायिक कुकुरको संख्या धेरै छ । यसको अर्थ बिर्तामोड फोहोर शहर हो । जहाँ फोहोर त्यहाँ सामुदायिक कुकुर हुने हो । बिर्तामोड सरसफाई राख्ने हो भने छाडा कुकुरको नियन्त्रण अवश्य हुने छ । त्यसका लागि आम नागरिक जुट्नै पर्छ ।

कुकुरको नियन्त्रण गर्न बन्ध्याकरण र रेविज विरुद्धको खोप नै विकल्प हो । अहिले हार्ट नेपालले झापाको तीन तहमा ६ सय कुकुरको बन्ध्यकरण र रेविज विरुद्धको खोप लगाएको छ । स्थानीय तहले नियन्त्रणमा ध्यान नदिँदा सामुदायिक कुकुर बढ्दै गएका छन् । अब, सामाजिक संघ संस्थाले कुकुरको व्यवस्थापन गरेर विभिन्न संक्रमणबाट जोगिन उपाय अपनाउनै पर्छ । त्यसका लागि भनेको हरेक परिवारले कुकुरलाई खानपिनमा सहयोग गर्नुपर्छ । खानपिन अभाव भएकै कारण कुकुर सडकमा बसेका हुन् । त्यसरी नै कुकुर बस्न दिने हो भने संक्रमणको खतरा पनि बढ्नेछ ।

प्रकाशित मिति : आश्विन १२, २०७६ आईतबार  १ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]