बैशाख १४, २०८१ शुक्रबार

सच्चिनुपर्छ तक्षशीला

सम्पादकीय

झापाको बिर्तामोडमा सञ्चालित तक्षशीला एजुकेश फाउण्डेशन शैक्षिक संस्थामध्येको एउटा उस्तै संस्था हो । तर, लामो समयदेखि त्यहाँका अभिभावक अन्तरमनदेखि सन्तुष्ट छैनन् । विभिन्न घटना परिघटनाले तक्षशीला सधै विवादमा आइरहन्छ । त्यस्तै घटना मंगलवार बाहिरिएको छ । कक्षा १ मा अध्ययनरत रौप्य पोखरेललाई मानसिक यातना दिएको अभिभावकले सार्वजनिक गरे । घटनाबारे सार्वजनिक हुनासाथ अन्य अभिभावकले पनि तक्षशीलाले गरेको व्यवहारका बारेमा प्रतिक्रिया दिइरहेका छन् ।

झापाका शैक्षिक संस्था विभिन्न प्रकृतिका छन् । कुनै शैक्षिक संस्था गुणस्तरीय शिक्षा प्रदान गर्न अब्बल छन् भने कुनै रचनात्मक क्रियाकलापमा उत्कृष्ट छन् । सबै नीजि बिधालयको आफ्नै विशेषता छ । त्यसमध्ये तक्षशीला विधार्थीलाई खानपिन गराउने सन्दर्भमा उत्कृष्ट मानिन्छ । तर, व्यवहारिक दृष्टिले त्यहाँको मुख्य व्यक्ति नै अव्यहारिक भएको चर्चा हुने गर्छ । यस्ता सवाल सामाजिक सञ्जालमै आइसकेका छन् । पठनपाठनमा उस्तै हो । मंगलवार विधालयले सरकारको निर्देशन उल्लंघन ग¥यो । स्थानीय तहबाट कार्यक्रम नगर्न भनेपनि जवरजस्ती कार्यक्रम सम्पन्न गरिएको छ । यो ढिट विधालयको भविष्यका लागि राम्रो संकेत होइन ।

सोहि सन्दर्भमा कुरा गर्न प्रिन्सिपल श्रद्धा गिरीसँग सम्पर्क गर्दा उनलै असाध्यै अव्यवहारिक व्यवहार देखाइन् । यदि प्रिन्सिपलकै स्वभाव विधार्थीले त्यहाँ सिके भने सबै विधार्थी असभ्य हुनेछन् । विधालय खोल्नुको मुख्य उद्देश्य पैसा कमाउनै हो । शिक्षामा व्यापार मात्र सोच्नेले मिलाएर व्यापार गर्नुपर्छ । शिक्षा राम्रो दिने भए अहिलेसम्मका कमजोरी सच्याउनुपर्छ । कार्यक्रममा अभिभावकलाई गरेको पत्राचार व्यवहारिक थिएन । त्यसबारे बोल्ने सचेत अभिभावकको रिस विधार्थीलाई फेर्नेहरु बेठिक हुन् ।

र, यो पनि : स्थानीय सरकारलाई टेरेन तक्षशीलाले

र, यो पनि : बिर्तामोडको तक्षशीलाद्वारा विधार्थीलाई यातना , सरकारको निर्देशन उल्लंघन गर्दै भेलाको आयोजना

प्रकाशित मिति : चैत्र ५, २०७६ बुधबार  ७ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]