अर्जुनधाराको मंगलश्री क्रसरमा टिप्पर पल्टिदा एक मजदुरको मृत्यू

बिर्तामोड । झापाको अर्जुनधारा–७ स्थित गडीमा सञ्चालित क्रसरमा टिप्पर पल्टिदा एक मजदुरको घटनास्थलमै मृत्यू भएको छ । मंगलश्री क्रसरमा मिक्स गिटी लोड गर्ने क्रममा आज टिपर पल्टिदा ताप्लेजुङ घर भएका अन्दाजी २३ वर्षीय अर्जुन भट्टराईको घटनास्थलमै मृत्यू भएको इप्रका अनारमनीले जनाएको छ । उक्त क्रसरको सञ्चालक मिलन बस्नेत हुन् । क्रसर मेसिनबाट टिप्परमा मिक्स गिटी…