गाली श्राप बगाउँदै अर्जुनधारामा चासोक सुरु

मदनपुर । अर्जुनधारा क्षेत्रका आदिवासी याक्थुङ्बाहरुको अगुवाईमा भएको चासोक तङ्नाम महोत्सवको पहिलो दिन साक्मुरासँगै नयाँ अन्नको पूजा सम्पन्न भएको छ । पूजा संयोजक लक्ष्मी इङ्नामको अध्यक्षतामा भएको गाली श्राप बगाउने तथा नयाँ अन्न पूजालाई पूर्णता दिनका लागि किरात साब्दीक गुरु दिलबहार लोवा, भिमबहादुर कुरुम्बाङ र लक्ष्मी फागोले मुन्धुमी पाठ गरि गाली श्राप साक्मुरा सम्पन्न गरेका…