हनुमान सेन्ट्रल बिबाद : गेमजोन हटाउन ब्यवसायीकै माग, अन्यायमा परेको संचालकको दाबी

बिर्तामोड । हनुमान सेन्ट्रल बिर्तामोडमा रहेको लोटस गेमजोनका सञ्चालकले कम्प्लेक्स सञ्चालकबाट आफु अन्यायमा परेको बताएका छन् । शुक्रवार गेमजोन मै पत्रकार सम्मेलन गर्दै सञ्चालकहरुले कम्प्लेक्स सञ्चालकले कोठा खाली गर्न पत्र काटेपछि लगानी डुब्ने भन्दै व्यवसायीमाथि अन्याय भएको बताए । कम्प्लेक्समा गत असार महिनामा आगलागी भएपछि भुँइतलामा रहेको गेमजोन हटाउन सेन्ट्रलका सञ्चालकहरुले मौखिक जानकारी दिएका थिए…