झापामा १ सय ३० करोडको लागतमा सामुदायिक आवास परियोजना

बिर्तामोड । शिवम हाउजिङले १ सय ३० करोडको लगानीमा दुई वटा सामुदायिक आवास परियोजना शुरु गरेको छ । पूर्वकै व्यापारिक केन्द्र बिर्तामोडमा शिवम हाउजिङले सुगम र हरिहर कोलोनीको निर्माण थालेको हो । पूर्वाञ्चलमै सबैभन्दा ठूलो स्मार्ट हाउजिङका रुपमा शिवम हाउजिङ प्रा.लिले बिर्तामोडको दुई स्थानमा सामुदायिक आवास परियोजना सञ्चालन गर्न लागेको सोमवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा…