हल्दिवारीको जग्गा वर्गीकरण विरुद्ध एमाले, कांग्रेस र माओवादी आन्दोलित

भद्रपुर । हल्दिवरी गाउँपालिकाको जग्गा वर्गीकरण विरुद्ध दलहरु आन्दोलित बनेका छन् । गाउँपालिकाले अवैज्ञानिक विधिबाट जग्गा वर्गीकरण गरेको भन्दै दलहरुको आन्दोलनमा गाउँपालिका बासिन्दाले साथ दिएका छन् । जग्गा वर्गीकरण अव्यवहारिक र अवैज्ञानिक भएको भन्दै नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले संयुक्त रुपमा पालिका र भूमिसुधार तथा मालपोत कार्यालय झापामा ज्ञापन पत्र बुझाएका छन् ।…