खर्चिलो भएकैले प्राङ्गारिक बन्दैनन् चिया उद्योग

इलाम । अन्तर्राष्ट्रिय बजारमा प्राङ्गारिक (अग्र्यानिक) चियाको माग उच्च छ । मागअनुसार नै यहाँका उद्योग र सहकारीले चियालाई प्राङ्गारिक बनाउँदैछन् । रासायनिक मल अभाव हुनु, किसान–उद्योगी आफै सचेत हुनुले चिया प्राङ्गारिक बनाउने क्रम बढेको छ तर प्राङ्गरिक प्रमाणपत्र पाउन भने सास्ती खेप्नुपरेको चिया उद्योगी बताउँछन् । खर्च बढी लाग्नाले पनि उद्योगले प्राङ्गारिक प्रमाणपत्र लिन चाहँदैनन् ।…