बिर्तामोड । एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको परोपकारी संस्था एक्स्पर्ट फाउण्डेशनले दुई लाख अष्ट्रेलियन डलरको कोभिड १९ एक्स्पर्ट सहयोग कोष स्थापना गरेको छ । अष्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय बिद्यार्थीहरुलाई पर्न सक्ने समस्याहरुमा सहयोग पुर्याउने उद्देश्यले एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको परोपकारी गतिविधिका लागि संचालित संस्था एक्स्पर्ट फाउन्डेसनले सो कोषको स्थापना गरेको एक्स्पर्ट बिर्तामोड शाखाका कृष्ण खतिवडाले…