किचकबधमा चिल्ड्रेन गार्डेन निर्माण

भद्रपुर - भद्रपुर नगरपालिकास्थित किचकबध धार्मिक तथा पर्यटकीय स्थलको परिसरभित्र चिल्ड्रेन गार्डेन निर्माण गरिएको छ। झापा क्षेत्र नम्बर ३ (क)बाट निर्वाचित प्रदेश सांसद वसन्त बानियाँको पहलमा प्राप्त भएको बजेटबाट  महाभारतकालीन किंवदन्तीसँग जोडिएको किचकबधमा चिल्ड्रेन गार्डेन निर्माण गरिएको हो। गार्डेनको बिहीबार सांसद बानियाँले उद्घाटन गरेका छन्। भद्रपुर नगरपालिका वडा नम्बर २ र ३ मा रहेको किचकबधमा…