झापा, २ असोज - जेनजी प्रदर्शनका कारण बजार र यातायात बन्द हुँदा यहाँका व्यावसायिक केरा किसान मारमा परेका छन् । पाकिसकेका केरा बेच्न नपाएर बोटमै नष्ट भएको किसानहरुको गुनासो छ । भद्रपुर र गौरीगञ्जमा ८० बिघाह क्षेत्रफलमा केरा खेती गर्नुभएका श्रीगणपति एग्रिकल्चर प्रालिका सञ्चालक प्रेम खड्काले रु २५ देखि ३० लाख मूल्यको पाकिसकेको केरा बजार…