रतुवा किनारमा हतियार र गोलीगठ्ठा फेला

बिर्तामोड । इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियार र गोली फेला परेको छ । दमक प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र गोली बरामत गरेको हो । शुक्रवार साँझ दमक नगरपालिका वडा नं. १ बुद्ध टोलस्थित रतुवा खोला किनारको काँसघारीमा बेवारिसे अवस्थामा हतियार तथा गोली फेला परेको झापा प्रहरीले जनाएको छ । झापा प्रहरीका अनुसार…