नुवाकोट । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले विगतका कमजोरी सच्याउँदै पार्टीलाई नयाँ ढंगले अघि बढाउने बताउनुभएको छ । नुवाकोटमा शुक्रबार एमाले जिल्ला कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले संविधानलाई नेपाली जनताको सात दशक लामो संघर्षको दस्तावेज र राष्ट्रिय एकताको सूत्राधार भएको बताउनुभयो । संविधान बनाउँदा आन्तरिक तथा बाह्य दवाव रहे पनि सार्वभौम जनताका प्रतिनिधिमार्फत…