एमाले महाधिवेसनमा २ हजार ३४१ प्रतिनिधि सहभागी हुने

काठमाडौ, १८ भदौं। भाद्र २० देखि २२ गतेसम्म ललितपुर, गोदावरीस्थित सनराइज हलमा हुने भनिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको समुद्घाटन भाद्र २० गते बिहान ११ बजे विशेष समारोहका बीच पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ। आज नेकपा एमाले प्रचार तथा प्रकाशन विभागले गरेको पत्रकार सम्मेलनमार्फत जारी गरिएको विज्ञप्तिमा…