देउवा पक्षको वडा अधिवेशनअघि शशांकको अपिल- सशक्त पार्टी बनाउन सबैको सक्रिय भूमिका अपरिहार्य

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले बिहीबारदेखि सुरु हुने वडा अधिवेशनमा उत्साह, जिम्मेवारी र सक्रियताका साथ सहभागी हुन आग्रह गरेका छन्। बुधबार अपिल जारी गर्दै कोइरालाले वडा अधिवेशनलाई पार्टीको संगठनात्मक जीवन र लोकतान्त्रिक अभ्यासका दृष्टिले महत्त्वपूर्ण चरणका भएको बताए। वडा अधिवेशन नेतृत्व चयन गर्ने प्रक्रिया मात्रै नभई पार्टी…