काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले काम सुरु गरेको छ । शनिबार बसेको पहिलो बैठकमा कार्यदलका सदस्यहरूबीच अब पार्टीका विवादलाई दीर्घकालीन रूपमा कसरी किनारा लगाउन सकिन्छ भन्ने हिसाबले सूक्ष्म तहबाट छलफल सुरु भएको छ । विवादलाई समाधान गर्न कसरी छलफल अगाडि बढाउने विषयमा सामान्य कुराकानी भएको कार्यदलका सदस्य एवं नेकपाका सचिवालय सदस्य…