काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन विधेयकका पक्षमा सबै दल एकै ठाउँमा उभिनु सुखद भएको बताउनुभएको छ । संविधान संशोधन विधेयकका पक्षमा सदनमा असाधारण एकता र राष्ट्रियता देखिएको बताउनुहुँदै उहाँले राष्ट्रियता, मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डताजस्ता विषयमा जनप्रतिनिधि एकै ठाउँमा उभिनु सुखद भएको बताउनुभयो । सदनमा विधेयकका पक्षमा जनभावना मुखरित भएको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले…