भारतमा नागरिकता विवाद चर्कियो, दिल्लीमा इन्टरनेट र मेट्रो बन्द

एजेन्सी । संसारकै ठूलो लोकतन्त्र भनिने भारत नरेन्द्र मोदीको नेतृत्वमा अधिनायकवादतर्फ उन्मुख हुँदैछ भन्ने त्यहाँका पछिल्ला घटनाक्रमले देखाउँछ। नागरिकता कानुनको विरोधमा भइरहेको देशव्यापी प्रदर्शन दबाउन सरकार ती सबै हतकन्डा अपनाउँदैछ, जुन अधिनायकवादी शासनले प्रयोग गर्दै आएका छन्। यसको पछिल्लो उदाहरण हो, इन्टरनेट बन्द। जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा भएको प्रहरी धरपकडपछि चर्किंदो प्रदर्शन रोक्न राजधानी नयाँदिल्लीकै…