काठमाडौँ - प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता थप सुदृढ हुने र अन्तिम निष्कर्षमा पुग्ने विश्वास लिएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७१ वर्ष पुगेको अवसरमा बुधबार बिहान शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले लेनिन जयन्ति तथा पार्टी स्थापना दिवसले दुई वर्षदेखि जारी पार्टी एकता प्रक्रिया अन्तिम निष्कर्षमा पुऱ्याउन…