कथा : एक नेपाली प्लेब्वाय

जीवन क्षेत्री एउटा सुप्रसिद्ध कथामा आन्तोन चेखवले एउटा विशेष पात्रको सिर्जना गरेका छन् । गुरभ नामको त्यो विवाहित पात्र नयाँ नयाँ महिलाहरुलाई सहजताका साथ आकर्षित गर्न र उनीहरुसित शारीरिक सम्बन्ध कायम गर्न खप्पिस हुन्छ । तर महिलाहरुबारे कुनै बहस चल्यो भने उसले उत्तिकै सहजताका साथ उनीहरुको भद्दा आलोचना गर्छ । कुनै पनि महिलाबारे उसले सकारात्मक धारणा राख्दैन । हरेक नयाँ अवैध सम्बन्धपछि ऊ आफैं नैतिक रुपमा थप पतित भएको देख्दैन तर सिंगो महिला जातिप्रति उसको विद्वेष र अपहेलनाको भावचाहिं झनै बढ्दै जान्छ । ???????????????????????????????????????????????????? तर पनि खै…