रोहित दाहाल एकदिनको कुरा हो, भूमिपति बूढा मुर्मुरिँदै पुरेत कहाँ आए । पुरेत बाजे साँझ बत्ती बाल्ने तयारी गर्दै थिए । “पुरेत बाजे !”आवाज सुनेर पुरेत बाजे हतार हतार बाहिर निस्किए ।“खै ! तिम्री छोरी ?” भूमिपतिले ठाडो गरी सोधे । “भैंसीलाई दाना खुवाउँदै छे क्यार ! के बिराई कुन्नी ! भित्रै सवारी होस् न…