काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानिसको शरीरमा डिस्इन्फेक्टेन्ट छर्किनु हानिकारिक भएको बताएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शरीरमा केमिकल स्प्रे गरेर कोरोना भाइरस नमर्ने बताए । उनका अनुसार शरीरमा कोरोना भाइरस प्रवेश गरेपछि यस्ता डिस्इन्फेक्टेन्ट छर्दा नाश नहुने बताए । भाइरसको वृद्धि मानिसको शरीरभित्रको कोषमा वृद्धि भइरहने भएकाले यसले कुनै अर्थ नराख्ने…