बैशाख ३०, २०८२ मंगलबार

विमानस्थलका प्रमुख ‘उत्कृष्ट नागरिक’

विर्तामोड । झापा विर्तामोडमा रहेको वीरता जेसीजका पूर्व अध्यक्षहरुको समाजद्वारा स्थापित उत्कृष्ट नागरिक सम्मानबाट चन्द्रगढी विमानस्थल भद्रपुरका प्रमुख पूर्णप्रसाद चुँडाल सम्मानित भएका छन् ।

समाजद्वारा बर्षेनी आयोजना गरिने गरिएको उत्कृष्ट नागरिक सम्मानबाट यस बर्ष चुँडाल सम्मानित भएका हुन् । झापाबासी चुँडाल विगत दुई बर्षदेखि चन्द्रगढी विमानस्थलका प्रमुखमा कार्यरत छन् । उनी चन्द्रगढी विमानस्थल आए लगत्तै जीर्ण बनेको विमानस्थललाई पुनर्जीवन दिन प्रयासरत थिए । जस्को फलस्वरुप अहिले उक्त विमानस्थलको काँचुली फेरिएको छ । रात्रीकालिन उडान तथा अवतरणको व्यवस्थासमेत गरिएको छ । बिहीबार झापाको विर्तामोडमा आयोजित सम्मान कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले चुँडाललाई सम्मानपत्र प्रदान गरेर सम्मान गरे । वीरता जेसीजलगायत करिब एकसय संघ संस्थाका प्रतिनिधिहरुले उनलाई सम्मान गरेका थिए ।

प्रकाशित मिति : बैशाख ५, २०७६ बिहीबार  ३ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]