बिर्तामोड

गरामनीमा भव्यताका साथ मनाइदै हुकाहुकी, राजवंशी युवा एकजुट

गरामनीमा भव्यताका साथ मनाइदै हुकाहुकी, राजवंशी युवा एकजुट


बिर्तामोड । झापा बिर्तामोडका राजवंशी युवाहरु मौलिक परम्परा र संस्कृतिको संरक्षण गर्न एकजुट भएका छन् । आफ्नो संस्कृतिका रुपमा रहेको हुकाहुकी लोप हुने अवस्थामा पुगेपछि राजवंशी युवाहरु संरक्षणका लागि संगठित भएका हुन् ।

झापाको बिर्तामोड नगरपालिकास्थित गरामनीमा राजवंशी युवाहरुले भव्यताका साथ हुकाहुकी कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् । राजवंशी समुदायको विशेष सांस्कृतिक पर्वका रुपमा रहेको हुकाहुकी मनाउन युवाहरु संगठित रुपमै अग्रसर भएका हुन् ।

सन्ठीको मुठो बनाएर टुप्पो बालेर माथि फाल्दै मनाइने हुकाहुकी राजवंशी समुदायको पर्व हो । विशेष गरी हुकाहुकी पर्व पूर्खाको सम्झनामा मनाउने राजवंशी समुदायका अगुवा बताउछन् ।

आगामी कात्तिक २१ गते आयोजना गरिने हुकाहुकी कार्यक्रम तयारीका लागि ‘राजवंशी युवा समिति’ गठन गरिएको छ । स्थानीय अगुवा युवा विश्वदीप राजवंशीको अध्यक्षतामा युवा समिति गठन गरिएको हो ।

समितिको सदस्यमा सम्पतलाल राजवंशी, रोजिन राजवंशी, ओमप्रकाश राजवंशी, शंकर राजवंशी, ललित राजवंशी, सुनिल राजवंशी, टिका राजवंशी, गिता राजवंशी, प्रेम राजवंशी, सुरेन राजवंशी, भेषराज राजवंशी, दिप राजवंशी र रञ्जित राजवंशी रहेका छन् ।

आफ्नो कुल घरबाट सन्ठीको हुकाहुकी बनाई आगो बालेर आफ्नो खेतबारीमा गएर देखाउने र बलिरहेको सन्ठीलाई खेतबारीमा गाड्दा किरा फ्टयाङ्ग्रा नलाग्ने र उत्पादन बढ्ने धार्मिक विश्वास रहेको छ ।

File Picture

अध्यक्षका अनुसार हुकाहुकी कार्यक्रम दुर्गा मा.वि.को खेल मैदानमा दिउँसो २ बजे आयोजना गरिने छ । आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रमलाई सफल बनाउन उनले अपिल गरेका छन् ।

आदिवासी तथा अल्पसंख्यकको रुपमा रहेका राजवंशी समुदायको बसोबास झापा, मोरङ र सुनसरीमा रहेको छ ।

शेयर गर्नुहोस :

0
Shares