जेष्ठ ११, २०८२ शनिबार

तपाईको आजको राशिफल (१८ आश्विन २०७६)

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज उपहार पाईने दिन छ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । धार्मिक यात्राको योग रहेको छ । आफन्त रमाईलो भेटघाटपनि हुनेछ ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) तपाईंको लगनशिलतालाई भित्रभित्रै मन पराइएको अवस्था छ । अभिभावकको सुझाव मुताबिक निर्णय लिनुमै आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक तथा महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नाता–कुटुम्बको आगमन हुने एवम् परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वाणीमा कुशलता आउनेछ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । लाभदायक यात्राको सम्भावना छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ला ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ । आज हाँसखेल र मनोरञ्जनपूर्ण समयपनि हो ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रकाशित मिति : आश्विन १८, २०७६ शनिबार  ६ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]