जेष्ठ ६, २०८२ सोमबार

तपाईको आजको राशिफल (०८ मंसिर २०७६)

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ काम सिक्ने मौका छ । व्यापार व्यवसायमा लाभ हुनेछ । व्यावसायिक यात्राको सम्भावना देखिन्छ ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शत्रुहरु पराजित हुनेछन । सोचेको आँटेका काममा सफलता मिल्नेछ । धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन । काममा अबरोध आउनेछ ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आमा बुवाको सहयोगमा नयाँ कामको थालनी हुनेछ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन । सामाजिक मानसम्मान पाइनेछ ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ काम सिक्ने मौका रहेकोछ । व्यापार व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्रा सम्भावना देखिन्छ ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) काममा साथीभाई र परिवारको सहयोग जुट्न सक्छ । कृषि कामबाट लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । धेरैको मन जित्न सकिनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । साथीभाईसंग भेटघाटमा समय बित्नेछ ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सोचे भन्दा आम्दानी धेरै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अध्ययन अध्यापनमा सफलता मिल्नेछ । सहयोगीहरूले साथ दिंदा काम गर्ने आत्मबल बढ्नेछ । स्वास्थ्यमा भने केहि समस्या देखिन सक्छ ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) काममा केही चुनौतीहरू देखिन सक्छन । परिवारको सहयोग मिल्नेछ । गरी आएका काम र व्यापार व्यवसायमा भने फाइदा हुनेछ ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बोलीकै भरमा विशेष काम सफल हुन सक्छ । परिवारजनबीच आत्मीय भाव बढ्नेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पढाई लेखाइमा प्रगति हुनेछ । आफ्नै प्रयाशमा नयाँ कामको थालनी हुनेछ । काममा केहि अफ्ट्यारो परिस्थितिको सामना गर्नुपरे पनि लाभ मिल्नेछ ।

प्रकाशित मिति : मंसिर ८, २०७६ आईतबार  ८ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]