बैशाख १२, २०८२ शुक्रबार

तपाईको आजको राशिफल (०९ मंसिर २०७६)

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । व्यापार,व्यवसायमा लाभ हुनेछ । आºनो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । कार्यमा सफलता पाईनेछ । इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। आत्मिक सन्तुष्टि मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साथीभाईसंग रमाइलो भेटघाट हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । आकस्मिक धनलाभ होला ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । अरुको मन जित्न सकिनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । व्यवसायका क्रममा यात्रा गर्नुपर्नेछ ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । मुद्दा मामिलामा सफलता पाईनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) उपलब्धि हातपार्न नसकिएला । अनाबस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । पैतृक सम्पत्तिमा विवाद बढ्नेछ ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बाधाहरू स्वतस् फुकुवा हुनेछन् । वैदेशिक कार्य अघी बढ्नेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मित्रहरूले दिएको वचन फेरिन सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । घर व्यवहारको समस्याले सताउला । पैसा फस्न सक्नेछ ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पढाइ लेखाइमा प्रगति हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । कूतनीतिक नियोगको सहयोग मिल्ला । नयाँ व्यक्तिसंग भेट होला ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रकाशित मिति : मंसिर ९, २०७६ सोमबार  ८ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]