Banner news

झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवण तिमिल्सिना

झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवण तिमिल्सिना


बिर्तामोड । कोरोना महामारीका बेला गृह मन्त्रालयले झापा, काभ्रेपलाञ्चोक र सल्यानका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ ।

मन्त्रालयका अनुसार काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवण तिमिल्सिनालाई झापाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारीमा सल्यानका शिवकुमार शर्मालाई ल्याइएको छ । गृह मन्त्रालयका हेमराज तामाङलाई सल्यानको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी उदय रानालाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ । झापामा प्रमुख जिल्ला अधिकारी पद खाली रहेको थियो । झापा प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला पर्छ । झापामा शान्ति सुरक्षाको अवस्थामाथि प्रश्न उठेका बेला नयाँ प्रमुख जिल्ला अधिकारी पठाइएको छ ।

शेयर गर्नुहोस :

0
Shares