Banner news

प्रदेश–१ का डीआईजीलाई कोरोना संक्रमण

प्रदेश–१ का डीआईजीलाई कोरोना संक्रमण


विराटनगर। नेपाल प्रहरीको प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी ईश्वरबावु कार्कीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कार्कीलाई कोरोना पुष्टि भएको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरका एक अधिकृतले जानकारी दिए । उनी अहिले प्रदेश प्रहरी कार्यालयमा आइसोलेशनमा छन् ।

यसअघि, गण्डकी प्रदेशका डिआईजी घनश्याम अर्याललाई पनि कोरोना संक्रमण भएको थियो । अर्याल गण्डकी प्रदेश प्रहरी कार्यालयको आईसोलेशनमा छन् । आर्याल बस्ने क्वार्टर सिल गरिएको छ ।

शेयर गर्नुहोस :

0
Shares