Banner news

कोरोनाबाट विश्वमा दुई करोड ७९ लाख संक्रमित, ९ लाख बढीको मृत्यु

कोरोनाबाट विश्वमा दुई करोड ७९ लाख संक्रमित, ९ लाख बढीको मृत्यु

Mathilde Dumont, a 27-year-old nurse, turns the head of an intubated patient in the early hours of April 11, 2020, during her night shift in the intensive care unit exclusively for COVID-19 patients at the Ixelles Hospital in Brussels, amid the COVID-19 pandemic, caused by the novel coronavirus. (Photo by Aris Oikonomou / AFP)

झापा । विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७९ लाख नाघेको छ । संक्रमितहरुमध्ये ६० हजार बढीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ९ लाख बढीको मृत्यु भइसकेको छ । यस्तै संक्रमितमध्ये २ करोड ८२ हजार कोरोनामुक्त भएका छन् ।

विश्वमा सक्रिय संक्रमितको संख्या ७० लाख रहेको छ । अमेरिकामा ६५ लाख ४८ हजार संक्रमित रहेका छन् । जसमध्ये ३८ लाख बढी कोरोनामुक्त भएका छन् भने एक लाख ९५ हजारको मृत्यु भइसकेको छ । भारतमा कोरोना संक्रमणको दर दिन प्रतिदिन बढ्दै गएको छ ।

भारतमा अहिलेसम्म ४४ लाख संक्रमित रहेकोमा ३४ लाख कोरोनामुक्त भएका छन् भने ७५ हजारको मृत्यु भएको छ । ब्रजिलमा कोरोना संक्रमितको संख्या ४१ लाख ९९ हजार छ भने ३४ लाख कोरोनामुक्त हुँदा १ लाख २८ हजारको मृत्यु भएको छ । एजेन्सी

शेयर गर्नुहोस :

0
Shares