Banner news

दक्षिण पूर्व एशिया देशको कोभिड–१९ विरूद्ध साझा प्रतिकार्य गर्ने प्रतिवद्धता

दक्षिण पूर्व एशिया देशको कोभिड–१९ विरूद्ध साझा प्रतिकार्य गर्ने प्रतिवद्धता

Mathilde Dumont, a 27-year-old nurse, turns the head of an intubated patient in the early hours of April 11, 2020, during her night shift in the intensive care unit exclusively for COVID-19 patients at the Ixelles Hospital in Brussels, amid the COVID-19 pandemic, caused by the novel coronavirus. (Photo by Aris Oikonomou / AFP)

झापा । विश्व स्वास्थ्य सङ्गठन (दक्षिण पूर्व एशिया)को ७३ औं क्षेत्रीय समितिको बैठकले कोरोना भाइरस (कोभिड–१९) विरूद्ध साझा प्रतिकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार र आज भएको बैठकले कोभिड–१९ विरूद्ध दक्षिण पूर्वी एसियाका ११ देशले साझा प्रतिकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।  

बैठकमा सहभागीले क्षेत्रीय स्तरमा स्वास्थ्यका क्षेत्रमा भएका प्रगति तथा चुनौतीमाथि छलफल गरेका थिए । कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रण गर्ने रणनीति, आवश्यक स्वास्थ्य सेवा सूचारु राख्ने उपाय र नव सामान्यीकरणतर्फ अगाडि बढ्न सघाउने कदमबारेसमेत विशेष छलफल भएको थियो ।

कोभिडको रोकथाम र नियन्त्रणका लागि हालसम्म अपनाइएका प्रयास तथा चुनौती र आगामी कार्यदिशाका बारेमा एघार देशले आआफ्नो अनुभव र योजना आदानप्रदान गरेका थिए । बैठकले स्वास्थ्य जनशक्तिको सुदृढीकरण दशकमा हालसम्म भएका प्रगति तथा चुनौती, क्षमता तथा अवसरको मध्यावधि समीक्षा र स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच तथा स्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्यका दिशामा भएका प्रगति समेटिएको वार्षिक प्रतिवेदन क्षेत्रीय निर्देशक डा पुनम सिंहले उक्त बैठकका प्रस्तुत गरेका थिए ।

बैठकमा यस क्षेत्रका प्रमुख प्राविधिक विषयमा हरेक देशले आआफ्नो देशमा भए गरेका कार्यको जानकारी दिनुका साथै सुधारका पक्षबारेमा विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य समुदायलाई रचनात्मक सुझाव दिएका थिए ।

प्राविधिक विषयमा शारीरिक सक्रियता र गतिविधिको प्रवद्र्धन गर्ने, रक्सीको हानिकारक प्रयोग घटाउने, औषधीमा सबैको पहुँच सुनिश्चित गर्ने,  डेंगू नियन्त्रण गर्ने र मलेरिया, दादुरा तथा रुबेला उन्मूलन गर्नेजस्ता क्षेत्रीय समितिका पूर्व प्रतिवद्धता र निर्णयको कार्यान्वयनका विषयमा समेत छलफल भएको थियो । 

बैठकमा माल्दिभ्सले रूबेला उन्मूलन, म्यानमारले ट्रकोमा नियन्त्रण र श्रीलंकाले रूवेला उन्मूलन तथा आमाबाट नवजात बच्चामा सर्ने एचआईभी उन्मूलन गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो । 

बैठकको अध्यक्षता थाइल्याण्डका उपप्रधानमन्त्री तथा जनस्वास्थ्यमन्त्रीले गरेका थिए भने नेपालका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सहअध्यक्षता गरेका थिए ।

थाइल्याण्डमा आयोजना हुनुपर्ने यस बैठकलाई कोभिड महामारीका कारण पहिलो पटक भर्चुअल रूपमा सञ्चालन गरिएको थियो । 

दुई दिन चलेको बैठकमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयेसुस, विश्व स्वास्थ्य सङ्गठन (पूर्व एशिया)का क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंह, यस क्षेत्रका ११ सदस्य राष्ट्रका स्वास्थ्यमन्त्री तथा वरिष्ठ स्वास्थ्य अधिकारीको सहभागिता थियो ।

आगामी वर्ष  दक्षिण पूर्वी एसिया क्षेत्रको ७४ बैठक सन् २०२१ को सेप्टेम्बरमा  नेपालमा  आयोजना हुने छ । 

शेयर गर्नुहोस :

0
Shares